नियम ५
विशेषज्ञ र विशिष्टिकृत सेवा
(१) विशेषज्ञ सेवा अनुसूची ३ मा उल्लेख भए बमोजिम हुनेछ।
(२) उपनियम (१) बमोजिमको सेवा चिकित्सा विज्ञान सम्बन्धी विषयमा स्नातकोत्तर तह वा सो सरहको उपाधि प्राप्त गरी सम्बन्धित परिषद्मा विशेषज्ञको रुपमा दर्ता भएको चिकित्सकद्वारा प्रदान गरिनेछ ।
(३) विशिष्टिकृत सेवा अनुसूची-४ मा उल्लेख भए बमोजिम हुनेछ।
(४) उपनियम (३) बमोजिमको सेवा चिकित्सा विज्ञान सम्बन्धी विषयमा स्नातकोत्तर तहभन्दा माथिको शैक्षिक उपाधि प्राप्त गरी सम्बन्धित परिषद्मा विशेषज्ञको रुपमा दर्ता भएको तथा प्रचलित कानून बमोजिम उच्च विशेषज्ञता हासिल गरेका चिकित्सकद्वारा प्रदान गरिनेछ ।
(५) मन्त्रालय बा प्रदेश सरकारले दूर चिकित्सा (टेलीमेडिसिन) मार्फत विशेषज्ञ सेवा उपलब्ध गराउन सक्नेछ। (६) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले घुम्ती शिविर मार्फत समेत विशेषज्ञ सेवा उपलब्ध गराउन सक्ने छन्।
(७) घुम्ती शिविर मार्फत विशेषज्ञ सेवा सञ्चालन गर्न चाहने स्वास्थ्य संस्थाले प्रदेशको स्वास्थ्य सम्बन्धी विषय हेर्ने मन्त्रालयबाट अनुमति लिई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी त्यस्तो सेवा सञ्चालन गर्न सक्नेछ।
(८) प्रत्येक मेडिकल कलेजले मन्त्रालयले तोकेको कम्तीमा एउटा जिल्लाको जिल्लास्तरीय अस्पतालमा शल्य चिकित्सा सहितको विशेषज्ञ सेवा उपलब्ध गराउनु पर्नेछ।